राजनीति

दुई वडा अध्यक्षको कोरोनाबाट निधन



रौतहट, २१ जेठ । कोरोना संक्रमणबाट रौतहटमा एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ ।

गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो ।

करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती  सिभिल अस्पताल काठमाडौमा  निधन भएको हो। घरमै रहेका बेला संक्रमित भएका उनलाई उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको उनकाआफन्त रामगीर मुखियाले जानकारी दिए ।

त्यस्तै सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय रामिशवर यादवको झन्डै १ महिनाअघि संक्रमणबाट निधन भएको हो । गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवीले एक शोक वक्तव्य जारी गर्दै सहनी र यादवको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् ।