Banner News

मन्त्री मन्त्रिपरिषद् बैठकका ३३ वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २१ जेठ । मन्त्री मन्त्रिपरिषद् बैठकका ३३ वटा निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

सम्वत्२०7८सालजेठ 1५गते बसेको मन्त्री मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स. मन्त्रालय निर्णयको संक्षिप्‍त व्यहोरा
 1 अर्थ मन्त्रालय आर्थिक वर्ष २०७८/०७९ को आय-व्ययको अनुमानित विवरण स्वीकृत गर्ने र अर्थसम्बन्धी अध्यादेशहरू जारी गर्न सिफारिस गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।(१) आर्थिक अध्यादेश, २०७८,(२) विनियोजन अध्यादेश, २०७८,(३) राष्‍ट्र ऋण उठाउने अध्यादेश, २०७८।
 2 अर्थ मन्त्रालय मूल्य अभिवृद्धि कर (तेइसौं संशोधन) नियमावली, २०७८; अन्त:शुल्क (बाइसौं संशोधन) नियमावली, २०७८; भन्सार (बाह्रौं संशोधन) नियमावली, २०७८ र आयकर (बाह्रौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने ।
 3 अर्थ मन्त्रालय मूल्य अभिवृद्धि कर (तेइसौं संशोधन) नियमावली, २०७८; अन्त:शुल्क (बाइसौं संशोधन) नियमावली, २०७८; भन्सार (बाह्रौं संशोधन) नियमावली, २०७८ र आयकर (बाह्रौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने ।
 4 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय टर्की, कतार र चीनमा हप्तामा एक/एकवटा नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने।

सम्वत्२०7८सालजेठ 10गते बसेको मन्त्री मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स. मन्त्रालय निर्णयको संक्षिप्‍त व्यहोरा
 1 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गर्ने।
 2 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोभिड-१९ सङ्‍कट व्यवस्थापन केन्द्र प्रमुखमा श्री बालानन्द शर्मालाई नियुक्ति गर्ने।
 3 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सर्लाही जिल्ला कौडेना गाउँपालिका समेतका ११ वटा औद्योगिक ग्रामहरु घोषणा गर्ने।
 4 गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड-19 प्रतिकार्य अधिकारी मुकरर गर्ने।
 5 परराष्ट्र मन्त्रालय नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीको बोनस्थित घरजग्गा बिक्री गर्ने।
 6 परराष्ट्र मन्त्रालय सगरमाथा संवाद (Sagarmatha Sambaad) को आयोजना गर्ने।
 7 महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हरेक वर्ष पुष 11 गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने।
 8 रक्षा मन्त्रालय नेपाली सेनाका महासेनानी उत्तम कुमार विष्ट र महासेनानी सन्तोष राज पाण्डेको पदावधि थप गर्ने।
 9 वन तथा वातावरण मन्त्रालय सेती खोला जलविद्युत आयोजना (२२ मे.वा.) निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
 10 वन तथा वातावरण मन्त्रालय हुप्सेकोट स्वास्थ्य चौकी भवन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
 11 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकको तलव भत्ता तथा सुविधा तोक्ने।

सम्वत्२०7८सालजेठ 1३गते बसेको मन्त्री मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स. मन्त्रालय निर्णयको संक्षिप्‍त व्यहोरा
 1 गृह मन्त्रालय गणतन्त्र दिवस, 2078 को अवसरमा 430 जना कैदीको बाँकी कैद कट्टा गर्ने ।
 2 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।
 3 वन तथा वातावरण मन्त्रालय संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ मा संशोधन गर्ने ।
 4 वन तथा वातावरण मन्त्रालय खिम्ती-२ जलविद्युत आयोजना (४८.८ मे.वा.) निर्माणको लागि ४.६३ हेक्टर  राष्ट्रिय वन क्षेत्र ३० वर्षसम्म प्रयोग गर्न दिइ तहाँ रहेका जम्मा ४४९ वटा रुखपोलहरु हटाउन स्वीकृति दिने।
 5 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल वायु सेवा निगमका महाप्रवन्धकको तलव, भत्ता र सेवाका शर्तहरु तोक्ने।

सम्वत्२०7८सालजेठ 1७गते बसेको मन्त्री मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स. मन्त्रालय निर्णयको संक्षिप्‍त व्यहोरा
 1 कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार-सरकार (G to G) प्रक्रिया मार्फत खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने।
 2 गृह मन्त्रालय नेपाल नागरिकता (दोश्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने।
 3 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कञ्चनपुर कमला सडक (पश्चिम खण्ड) को सडकसीमा भित्रका घर टहरा हटाई जग्गा प्राप्त गर्न स्वीकृति दिने।
 4 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कञ्चनपुर कमला सडक (पूर्वी खण्ड) को सडकसीमा भित्रका घर टहरा हटाई जग्गा प्राप्त गर्न स्वीकृति दिने।
 5 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड)को लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने।
 6 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने।
 7 रक्षा मन्त्रालय नेपाली सेनाका महासेनानी रबिन्द्र खत्री तथा प्रमुख सेनानी मुनाल बस्नेतको बढुवा गरी पदस्थापन गर्ने तथा सहायक रथी विनोद पाण्डे समेत पाँच सहायक रथीहरुको सरुवा गर्ने ।
 8 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने ।
 9 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने ।
 10 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड-१९ को संक्रमणको कारणले पाठ्यक्रम तथा विशिष्टिकरण तालिका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा सैद्धान्तिक परीक्षा कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकोले महामारीले सिर्जना गरेको परिस्थितिजन्य वाध्यताको कारण शिक्षा ऐन, २०२८ को दफा २० बमोजिम देहाय बमोजिमको आदेश जारी गर्ने: (क) शैक्षिक सत्र २०७७ को माध्यामिक शिक्षा कक्षा दशको अन्त्यमा हुने माध्यामिक शिक्षा परीक्षा (Secondary Education Examination) को हकमा विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा वोर्डमा पठाउने, (ख) खण्ड (क) बमोजिम प्राप्त भएको विवरणका आधारमा राष्ट्रिय परीक्षा वोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने।

सम्वत्२०7८सालजेठ २०गते बसेको मन्त्री मन्त्रिपरिषद् बैठकका निर्णयहरू

क्र.स. मन्त्रालय निर्णयको संक्षिप्‍त व्यहोरा
 1 वन तथा वातावरण मन्त्रालय ह्वासिन सिमेण्ट नारायणी प्रा.लि.लाई चुनढुङ्गा उत्खनन गर्न धादिङको कूलजम्मा ४.९८ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा २० वर्षसम्मको लागि प्रयोग गर्न स्वीकृति दिइ तहाँ रहेका जम्मा ३१२ वटा रुखपोलहरु हटाउन अनुमति दिने।
 2 सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा श्री बालकृष्ण बस्नेतलाई ४ वर्षको लागि नियुक्त गर्ने।
 3 स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने।