काठमाडौँ, २२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विज्ञानका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने भएको छ ।
त्यस्तै आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश-१ का एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
पर्सिदेखि भने प्रि-मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्