Banner News

प्रधानमन्त्री ओलीद्वारा पार्टी विवाद समाधान गर्न ६ बुँदे प्रस्तावसहित एकताका लागि आह्वान



काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्नुभएको छ ।

आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उहाँले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गर्नुभएको हो ।