काठमाडौँ, २५ जेठ । भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङका कारण कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सरकारी अधिकारीहरुका अनुसार हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जनाको मृत्यु भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्