काठमाडौँ, २५ जेठ । थप ५ हजार १ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ६ हजार ५ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ४ हजार ५ सय ३० जना रहेको छ । आज १०८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्