काठमाडौँ, २६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनको अवस्थामा रहेको बेला दोस्रो तहका नेताहरु पार्टी विभाजनलाई रोक्न हरसम्भव प्रयास गरिरहेका छन् ।
एक आपसमा कुर्सी तथा व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन गरी लाखौं कार्यकर्ताको भविष्यलाई अन्धकार गर्ने प्रयास भइरहेको भन्दै कार्यकर्ताहरुले आक्रोस समेत जनाइरहेका छन् । यसै क्रममा मध्यमार्गी बाटोमा अगाडी बढ्नुभएका नेता योगेश भट्टराईले एमाले एकताको मुल जडको रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छन ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन, ‘एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’










प्रतिक्रिया दिनुहोस्