Banner News

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै, दलहरूको ‘ह्वीप’



पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वाासको मत लिँदै हुनुहुन्छ ।

उहाँले मंगलबार विश्वालसको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनु भएको थियो । प्रदेशसभा बैठक मध्याह्न १२ बजेबाट सुरु हुनेछ । प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । अल्पमतको सरकार भएकाले उहाँले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

नेकपा (एमाले)ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । त्यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले मुख्यमन्त्री गुरुङलाई विश्वसको मत नदिन ह्वीप जारी गरेका हुन् ।