काठमाडौँ, २८ जेठ । बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्र)का कारण नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज अहिले विहान देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, वाग्मती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यसैबीच, काठमाडौँमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको र काठमाडौंको आजको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने छ ।










प्रतिक्रिया दिनुहोस्