काठमाडौँ, २८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन ।
पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति देउवाले शनिबार दिउँसो २ बजेका लागि आफ्नो बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्