Banner News

थप ३७५० जनामा कोरोना संक्रमण, ५२२५ जना डिस्चार्ज



काठमाडौँ, २८ जेठ । थप ३ हजार ७ सय ५० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४ हजार ३ सय ९६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७५ हजार २ सय ७५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ हजार २ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख २० हजार ८ सय १६ जना रहेको छ । आज ६७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५  जना पुगेको छ ।