काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र बनाएको हो भनि गंभिर प्रश्न गर्नुभएको छ ।
शुक्रवार कांग्रेस वाग्मती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रदेशसभामा बोल्दै आफु प्रधानमन्त्री ओलीलाई मार्न तयार रहेको खुल्ला चुनौति दिनुभएको थियो । सांसद वैद्यले माहात्मा गान्धीलाई हत्या गरी मार्ने नाथुराम गोड्सेले बन्न तयार रहेको भन्दै जनताको सम्मानीत ठाउँ प्रदेश सभामा चेतावनी दिनुभएको थियो । सोही प्रशंगलाई नेता बस्नेतले कांग्रेसले यदी प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र बनाएको हो भने लाखौं नेपाली युवाहरु त्यसको प्रतिवाद गर्न तयार रहेको चेतावनी दिनुभयो ।
सांसद वैद्यलाई तत्तकाल सरकारले गिरफ्तार गरी कानुनी कारवाही गर्न आग्रह गर्दै नेता बस्नेतले जनताको आक्रोस प्रकट भएर बैद्य जस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गरी अप्रीय घटना समेत युवाहरुले घटाउन सक्ने भएकाले वेलैमा सजक भई कानुनी कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो । युवाको आक्रोसबाट घट्न सक्ने घटनाभन्दा पहिले नै सरकारले सचेत भई कानुनी कारवाही गर्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले केपी ओलीलाई मार्ने षड्यन्त्र बनाउनेलाई प्रधानमन्त्री ओलीकोलागि मर्न र मार्न युवाहरु तयार भएका हजारौं समर्थक र शुभचिन्तकहरु आफ्नो ज्यानलाई बाजी मार्न समेत तयार रहेको चेतावनी दिनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त रु गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ । अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिरोध गर्न सक्छन । त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनुपर्दछ । केपी ओलीलाई मार्ने योजना बनाईरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौं समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् ।’










प्रतिक्रिया दिनुहोस्