Banner News

काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो



काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ ।

आज काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

थपिएको निषेधाज्ञामा केही खुकुलो प्रावधान गरिएको छ । खाद्यान्न ११ बजेसम्म खोल्न पाइने छ भने अनलाइन डेलिभरी दिने पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने पाइने भएको छ ।

त्यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजिकरण गर्ने आदि लगायतका निर्णय भएको बताइएको छ ।