राजनीति

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना



काठमाडौँ, ३१ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ ।

चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार ‘चार पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनु भएको छ, जाँच चलिरहेको छ । उहाँलाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएको छ ।’