काठमाडौँ, ३१ जेठ । थप २ हजार ९ सय १८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १० हजार ५ सय १९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६५ हजार ८ सय ४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ५ हजार १ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ जना रहेको छ । आज ५३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्