काठमाडौँ, २ असार । थप २ हजार ८ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १४ हजार २ सय १६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६२ हजार १ सय ३७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ हजार ८२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ जना रहेको छ । आज ५२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्