काठमाडौँ, ३ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् ।
जेठ ३० गते ठाकुरले आफूपक्षीय बैठक राखेर २० जनाको नाम थपेका थिए । थपिएका नाम दर्ता किताबमा अध्यावधिकका लागि असार १ गते उनले आयोगमा दर्ता गराएको उनीपक्षीय एक नेताले बताए । दर्ता गराउनका लागि केशव झा निर्वाचन आयोग पुगेका थिए ।
कार्यकारिणी समितिमा थपिएका २० जनाको नामावली,
बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा।विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा।सुरेन्द्र झा रहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्