राजनीति

विपद् कोषमा पाँच करोड राख्ने गण्डकी प्रदेश सरकारको निर्णय



पोखरा, ३ असार । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्यादएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबारै मनाङ जाने भएको छ । प्रदेश सरकारले प्रदेशका नौ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि दुई/दुई लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्धार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन निर्देशन दिएका छन् । बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।