समाचार

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



मोरङ, ४ असार । जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएको छ ।

मोरङ प्रहरीका अनुसार आज बिहान सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।

 हात्तीले मनोहरलाई लछारेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको  हो ।