राजनीति

काठमाडौँ उपत्यकामा संक्रमणदर न्यून



काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुर  मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना  सङ्क्रमण भएको हो ।

देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन  हजारभन्दा माथि पुग्ने गरेको थियो । उपत्यकासँगै देशभर पनि सङ्क्रमण  दर न्यून हुँदै गएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।