Banner News

गृहमन्त्री अधिकारी र प्रदेशका मन्त्रीबीच विपद् व्यवस्थापनबारे छलफल



काठमाडौँ, ६ असार । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् ।

गृह मन्त्रालयका अनुसार मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको छ  । साथै छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ ।

उक्त छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ । साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि भनिएको छ ।