Banner News

थप २२९७ जनामा कोरोना संक्रमण, ३१३० जना डिस्चार्ज



काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख २२ हजार ६ सय ४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५3 हजार 9 सय ४० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ हजार १ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ५९ हजार ९ सय २८ जना रहेको छ । आज ४६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ जना पुगेको छ ।