भक्तपुर, ११ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रु १० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामाग्रीहरु उहाँले रामेछाप जिल्लाको सुनापती वडा नं. ५ स्थित भीरकोट सामुदायीक इकाइलाई हस्तान्तरण गर्नुभएको हो । पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले विहिवार राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य बाबुराम तामाङको नेतृत्वमा रहेको टोलीलाई उक्त सामाग्री हस्तान्तरण गर्दै विदाई गर्नुभयो ।
नेता बस्नेतले १३ प्रकारका स्वास्थ्य सामाग्रीहरुमा हस्तान्तरण गर्नुभयो । हस्तात्नरण गरिएका स्वास्थ्य सामग्रीहरुमा हस्पिटल बेड सेट १० थान, सर्जिकल माक्स तीन हजार, पीपीइ एक सय, पल्स अक्समिटर २, ग्लोब्स तीन सय, अक्सिजन सिलिण्डर ३, थर्मल गन २, अक्सिजन कन्सनट्रेटर २, एन नाइन्टिन मास्क ४०, सेनिटाइजर २० लिटर, फेससिल ४०, साबुन दुई सय तथा बुट २ जोर हस्तान्तरण गर्नुभयो । उक्त सामाग्रीहरु हिजो नै भीरकोट सामुदायीक इकाइलाई समेत जिम्मा लगाईसकिएको छ । जसले गर्दा भिरकोटका नागरिकलाई कोरोनाविरुद्ध लड्न केही मात्रामा भएपनि सहजता भएको छ ।
हस्तान्तरण कार्यक्रममा मानविय सेवा नै धर्म भएको उल्लेख गर्दै नेता बस्नेतले समयको माग र आवश्यकता अनुसार जसले जे सक्छ उसले दिने र जो सँग छैन उसले लिने सामाजिक सद्भाव तथा सेवाको भावलाई अझ बढी प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । विपद्को समयमा राष्ट्रिय युवा संघले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै संघका इन्चार्जसमेत रहनुभएका बस्नेतले युवा संघ मुलुकको परिवर्तनको सम्बाहकको साथमा आम नेपालीको दुःख सुखको सारथी बनेको उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्