एजेन्सी, ११ असार । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा दर्जनौं सम्पर्कविहीन भएका छन् ।
बीबीसीका अनुसार घटनास्थलमा एक जनाको शव भेटिएको छ । भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन ।
मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्