Banner News

थप २४७६ जनामा कोरोना संक्रमण, ५४५५ जना डिस्चार्ज



काठमाडौँ, ११ असार । थप २ हजार ४ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३१ हजार १ सय ५२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ७ सय ९५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ हजार ४ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ७६ हजार ४ सय १३ जना रहेको छ । आज २७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ जना पुगेको छ ।