समाचार

किशोरीलाई करणी गरेको आरोपमा एक जना पक्राउ



वीरगञ्ज, ११ असार । पर्साबाट १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति पर्सागढी नगरपालिका– ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो । परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी उनी विरुद्ध थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।