Banner News

देउवा र नेपालको एकअर्कालाई त्यो वाचा: जसले गर्दा नेपाल बने कांग्रेसको कार्यकर्ता



काठमाडौँ, १२ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने वाचा गरेका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवाले गरेको दाबीमा एमालेका २६ सांसदको हस्ताक्षर थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दिँदा पनि एमालेका २३ सांसदले साथ दिए ।
तर अहिले एमालेमा एकताको प्रयास भइरहेको छ र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको रिटमा भएको हस्ताक्षर फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।

माधव समूहका नेताहरुले भने हस्ताक्षर फिर्ता नलिने, तर अदालतको फैसला आउँदा एमाले एकठाउँमा उभिनुपर्ने बताएको छ । जसले गर्दा एमालेका लाखौं नेता तथा कार्यकर्ताको राजनीतिक भविष्य अध्यकारको बाटो तय भयो । पार्टी विभाजको अवस्थामा रहेको छ । यो सँगै नेता नेपाल कांग्रेसकै कार्यकर्ता झैं भएका छन् । आफ्नो पार्टी र नेपालको कम्युनिष्ट आन्दोलनभन्दा कांग्रेसको गुलामी गर्नु नै नेपालको नजरमा उक्तम कार्य हो ।

विपक्षी गठबन्धनले शनिबार गरेको कार्यक्रममा एमाले नेता नेपालले देउवालाई धोका नदिने बताए । ‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुस्’ भन्ने प्रस्ताव आफूलाई आउन थालेको भन्दै उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहा“ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

प्रतिउत्तरमा कांग्रेस सभापति देउवाले पनि एमाले नेता नेपाललाई धोका नदिने बचन दिएका छन् । उनले भने, ‘माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैन ।’