Banner News

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक



काठमाडौँ, १३ असार । नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले बैठक असार १६ गते काठमाडौँमा बोलाएको जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक स्थिती, कोभिड १९ र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको छ । सो विषयमा निर्णयका लागि आयोजक कमिटीको बैठक बोलाइएको उहाँले बताउनुभयो ।

महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको फैसला त्रुटिपूर्ण भएको उल्लेख गर्दै अदालतले कानुनभन्दा बाहिर गएर फैसला गरेको उहाँको आरोप छ । उहाँले आयोजक कमिटी बैठकले अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारबाहीको विषयमा निर्णय गर्न सक्ने बताउनुभयो ।