काठमाडौँ, १३ असार । नेकपा एमालेले पार्टी सदस्यता नविकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ ।
आज बसेको स्थायी कमिटीको बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले उक्त बैठकले यस्तो निर्देशन दिएको जानकारी दिए ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिती, कोरोना महामारी, दैवी विपत्ती लगायतका बिषयमा संक्षिप्त तर गहन छलफल भएको छ । आगामी १६ गते यिनै बिषयमा बृहत्त छलफल गरेर थप निर्णय हुने ज्ञवालीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्