Banner News

स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने



काठमाडौँ, ११ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ ।

मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख छ ।

कार्यविधिअनुसार अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न संघमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन बैंक स्थापना गरिने छ । संघ र प्रदेशको समन्वयमा एक अक्सिजन कन्सन्ट्रेटर अर्को जिल्लाको बैंकमा लैजान सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको  छ ।