Banner News

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने



काठमाडौँ, १४ असार । काठमाडौँ उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

आज बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन । खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक सातासम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ ।