भक्तपुर, १४ असार । एक वर्षदेखी भक्तपुर जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत एसपी तारादेवी थापालाई आज सूर्यविनायक नगरपालिकाले एक कार्यक्रमका बीच विदाई गरेको छ ।
भक्तपुरमा हुने विभिन्न प्रकारका विकास निर्माणको साथ साथै विकृति र विसंगतिलाई शुश्म निगरानी गर्दै जिल्लाको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरी जनताको सेवामा समर्पित भई सफतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नुभएको भन्दै नगरपालिकाले आगामी दिनमा एसपी थापाको उज्वल भविष्यको कामनासहित विदाई गरेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जानकारी दिनुभयो ।
नगरप्रमुख बाशुदेव थापाले एपी थापाले जिल्लाको नेतृत्व गरेसँगै शान्ति सुरक्षाको साथमा महिलाको भूमिकालाई समेत व्यापक मात्रामा सहभागीता तथा उत्साह बढेर गएको उल्लेख गर्नुभयो । नगपालिकासँगको सहकार्यमा अरनीको राजमार्गमा अत्याधुनिक सीसी क्यामरा जडान, विकास निर्माण, समुदायसँग प्रहरीको सहकार्यलगायतका क्षेत्रमा एपी थापाले महत्वपूर्ण योगदान गर्नुभएको नगरप्रमुख थापाले बताउनुभयो ।
एसपी थापाले आफुले एक वर्ष भक्तपुरमा आएर काम गर्दा आफ्नै घरपरिवारमा बसेजस्तै गरी काम गर्ने वातावरण गरिदिनुभएको जनप्रतिनिधि तथा स्थानीयवासीलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । जिल्लामा काम गर्दा सवै जनप्रतिनिधि तथा स्थानीयवासीको तर्फबाट पाएको माया, प्रेम, स्नेह अविश्मरणीय रहेको उल्लेख गर्नुभयो । कोरोनाको कहरलाई समेत ध्यानमा राखी व्यवस्थीत तवरले प्रहरीलाई परिचालन गरी जनताको जीवन रक्षामा खेल्नुभएको भूमिकाको बारेमा नगरप्रमुख थापाले विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेले, जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्