समाचार

आज असार १५, दही-चिउरा खाने दिन



काठमाडौँ, १५ असार । आज असार १५ दही च्यूरा खाने दिन अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन ।

यसदिन नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेकाे राष्ट्रिय धान दिवस मुलुकभर राेपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेकाे बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

नेपालकाे प्रमुख खाद्यान्न बाली धानी हाे । नेपाल धानमा आत्मनिर्भर हुनका लागि वार्षिक ६२ लाख मेट्रिक टन धान उत्पादन हुनु जरूरी रहेकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले जनाएकाे छ ।