Banner News

थप २६३६ जनामा कोरोना संक्रमण, ४३४८ जना डिस्चार्ज



काठमाडौँ, १५ असार । थप २ हजार ६ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३६ हजार ९ सय १६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ हजार ३ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख  ९२  हजार ५ सय ३५ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ७१ जना पुगेको छ ।