काठमाडौँ, १७ असार । थप २ हजार ७ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४० हजार ६ सय ६२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ हजार १७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख १ सय ४९ जना रहेको छ । आज ३३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्