Banner News

साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय



काठमाडौँ, १९ असार । नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ ।

आज बसेको एमाले केन्द्रीय कमिटीको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो  ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको स्रोतले जनाएको छ  ।

नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो ।