राजनीति

एमाले केन्द्रीय कमिटीको बैठकमा नेता बस्नेतको ८ बुँँदे प्रस्ताव



काठमाडौँ, १९ असार । नेकपा एमालेको केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले आजको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश गरेका छन् ।

नेता बस्नेतले ८ बुँदे प्रस्ताव पेश गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने समेत उल्लेख गरेका छन ।

एमालेको जारि १३ औ बैठकमा नेता बस्नेतको प्रस्ताब :

१. संघियताको बारेमा समिक्षा गरौं ।

२. मुलुकको बिषिष्ट पहिचान घोषना गरौं ।

३. धर्म निरपक्षताको बारेमा बहस गरौं ।

४. शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाउ ।

५. दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गरौं ।

६. पार्टी अध्यक्ष द्द कार्यकाल पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने ब्यब्स्था गरौं ।

७. पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिसत सुनिस्चित गरौ ।

८. पार्टी महाधिवेशन को राजनैतिक प्रतिबेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यो बैठक बाट कार्यदल बनाएर जाउ ।