काठमाडौँ, २० असार । काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।
आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।
असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् । निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन । सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।










प्रतिक्रिया दिनुहोस्