Banner News

जसपाका दुवै समूह निर्वाचन आयोगमा



काठमाडौँ, २२ असार । निर्वाचन आयोगले छलफलका लागि बोलाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

अहिले आयोगमा महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी पुगेका छन् भने उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव गएका छन् । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

दुवैले एकले अर्कालाई कारवाही गरेका छन् । आफ्नो पक्षलाई आधिकारिकता दिन भन्दै दुवैले आयोगमा उजुरी दिएका थिए ।