Banner News

एमाले कार्यदलको बैठक सकारात्मक: भोलि फेरि बस्ने



काठमाडौँ, २३ असार । नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ ।

आज बसेको कार्यदलको बैठक सकारात्मक बनेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । उनले भने, ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ ।’

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य लगायत  तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।