Banner News

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता



काठमाडौँ, २३ असर । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

अधिवक्ता सरोज बुढाथोकीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराएका हुन ।

महाधिवेशन नगरेका कारण माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको वैधानिकता नरहेको नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले दाबी गर्दै आएका छन् ।