काठमाडौं, २३ असर । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियता विरोधीका रुपमा प्रमाणित गर्न चुनौती दिएका छन् ।
राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, “म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मल भित्रबाट चोर औंलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन।”
भट्टराईले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गरेका छन् ।
उनले भने, ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ ? प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुनजान्छ भन्ने मलाई लाग्छ ।”










प्रतिक्रिया दिनुहोस्