Banner News

कार्यदलको बैठक बेलुका ७ बजे पुन: बस्ने



 

काठमाडौँ, २४ असार । नेकपा एमालेको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर स्थगित भएको छ ।

आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् ।

हिजो बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी  छ ।

आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र सात बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।