Banner News

सुजिता मृत्यु प्रकरणको अनुसन्धानमा अभियान्ताले अवराेध पुग्यो: प्रहरी



काठमाडौँ, २४ असार । अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । आज चितवन प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम गरेको हो । उक्त अवसरमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भने, “हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्याै । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।”

अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको बताउदै उनले भने, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।” यस्ता व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाकोपछि नदौडिनसमेत आग्रह गरेका छन ।