Banner News

थप १८७५ जनामा कोरोना संक्रमण, १२८६ जना डिस्चार्ज



काठमाडौँ, २४ असार । थप १ हजार ८ सय ७५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार २ सय ८६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख  १५ हजार ६ सय १३ जना रहेको छ । आज २९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० जना पुगेको छ ।