काठमाडौँ, २५ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २६१, ललितपुर ७४ र भक्तपुरमा ४५ जना गरी ३८० जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप २ हजार २ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएका छन भने १ हजार ३ सय १६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्