भक्तपुर, २६ असार । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

संघको आयोेजनामा आज मध्यपुर थिमी नगरपालिका वडा नं. ९ निलवाराही मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा आज छ सय वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालयको सहयोगमा प्राप्त वृक्षारोपणको आज शुभारम्भ भएको उल्लेख गर्दै कम्तिमा पाँच हजार वृक्षारोपण गर्ने लक्ष्य रहेको संघले जनाएको छ । संघको केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ अभियान अन्तरगत आगामी साउन ७ गतेसम्म देशभर कम्तिमा पनि पाँच लाख वृक्षारोपण गर्ने बताइएको छ ।

निलवाराही मन्दिर क्षेत्रको भु-क्षय तथा पहिरोबाट समस्या आउने क्षेत्रमा वृक्षारोपण गरेको छ । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ संघको केन्द्रीय अभियान अन्तरगत भइरहेको कार्यक्रमले प्रकृति, वातावरण संरक्षणको साथ साथै प्रकृतिक विपत्तीको संरक्षणको लागि समेत महत्वपूर्ण सहयोग पुग्ने संघले जनाएको छ ।

संघका अध्यक्ष राजु लबन्जर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, जिल्ला समन्वय प्रमुख नवराज गेलाल, निवर्तमान संघका अध्यक्ष बचन बहादुर सिंह, संघका सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्का, विदुर खड्का, राजिव बस्नेतलगायतका संघका केन्द्रीय कमिटी, जिल्ला कमिटी, नगरकमिटी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्