Banner News

एमाले स्थायी कमिटी बैठक बस्दै: माधव समूह पनि सहभागी हुने



काठमाडौँ, २७ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले बिहान ११ बजे बस्दैछ ।

एमालेको विवाद समाधान कार्यादलले गरेको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । बैठक कहाँ बस्नेत भन्ने निश्चित नभइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले माधव नेपाल समूहको माग र संस्थापनको अडानकाबीच जेठ २ को पेरिफेरिमा रहेर सहमतिमा पुगेको छ । आजको बैठकमा माधव कुमार नेपाल समूहका नेता पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुनुहुने बताइएको छ ।

सहमतिले एमालेले माओवादीसँग एकता हुँदा मनोननय गरेका केन्द्रीय र स्थायी कमिटी सदस्य एवं नेकपा विघटन भएसँगै माओवादीबाट आएका नेताहरूको व्यवस्थापनका विषयमा समेत सहमत भएको छ ।