अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २७ असार । आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।