राजनीति

भारतीयलाई नागरिकता बनाइदिएने वडाध्यक्ष पक्राउ



नवलपुर, २७ असार । भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा नवलपुरको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्षसहित आठ जना पक्राउ परेका छन ।

भारतीय नागकिर जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेको प्रहरीले जनाएको छ  । पक्राउ परेका आठै जनालाई नागरिकता सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।